रोल्पा, साउन ७ । पूर्व सांसद बर्मन बुढामगरको निधन भएको छ। ९० वर्षका बुढामगरको उपचारको क्रममा आज बिहान साढे ४ बजे ललितपुरको पाटन अस्पतालमा निधन भएको हो।
वि.सं. १९८७ साउन १७ गते रोल्पाको थबाङमा जन्मिएका उनी नेपाली कम्युनिष्ट आन्दोलनका एक आदर्श व्यक्तित्वको रुपमा चिनिन्छन्।
बुढा २०४८ सालमा रोल्पाको क्षेत्र नं १ बाट तत्कालिन जनमोर्चाको तर्फबाट सांसदमा निर्वाचित भएका थिए।
त्यसअघि उनी थबाङको मुखिया, प्रधानपञ्चसमेत थिए। उनी केही समयदेखि पेटको क्यान्सरबाट पीडित थिए। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएका छन्।
Facebook Comments




















