साउन ७ । भुटानसँगको सीमा विवाद समाधान गर्न चीन तयार भएको छ।
हालै चीनले भुटानमा अवस्थित साकतेङ वाइल्डलाइफ स्यांचुरी क्षेत्रमा आफ्नो दाबी प्रस्तुत गरेको थियो।
भुटानले केही समय अगाडि पूर्वी क्षेत्रमा अवस्थित साकतेङ वाइल्डलाइफ स्यांचुरीको लागि ग्लोबल इन्भारामेन्ट फ्यासिलिटी काउन्सिलमा अनुदानको लागि निवेदन दिएको थियो।
तर चीनले उक्त क्षेत्र विवादित भएको भन्दै भुटानको विरोध जनाएको थियो। भुटानले अनुदान त प्राप्त गर्यो तर चीनले आफ्नो भूमिलाई पहिलोपटक दाबी गरेपछि भुटानले चीनको विरोध जनाएको थियो।
यसबीचमा चीनले आफ्नो दाबीको बचाउ गर्दै दुवै देशबीच हालसम्म सिमांकन नभएको र यस विवादलाई समाधान गरिनुपर्ने मंगलबार बतायो।
चीनले सीमा विवाद अन्त्यको लागि भुटानसँग छलफलको प्रस्ताव गरेको टाइम्स अफ इन्डियाले जनाएको छ।
गत जुन १५ मा भारतीय र चिनियाँ सेनाबीच लद्दाखमा झडप भएपछि नै चीनले भुटानको भूमिमा दाबी गरेको थियो। एजेन्सी


























