ताप्लेजुङ, साउन ७ । तमोर नदीमा आएको बाढीले ताप्लेजुङको ओलाङचुङगोलाका दुई वटा पुल बगाएको छ।
फक्ताङलुङ गाउँपालिकामा पर्ने चीनसंगको सिमावर्ती गाउँ जोड्ने पुल गएराती बगाएको वडा अध्यक्ष छेतेन भोटेले जानकारी दिए।
बाढीले ओलाङचुङगोलाबाट दाङ्जेन जाने पक्की पुल र मिक्वाखोला गाउँपालिकाको पापुङ जाने पुलसमेत बगाएको छ। बाढीले पुल बगाएपछि आवतजावतमा समस्या भएको छ।
तमोरको उद्गम स्थलबाट नै बाढीआएपछि नदी किनारमा पर्ने तापेथोक, सिवाँ, थिवा, हान्द्रुङ, दोभान बजार लगायतका बासिन्दा त्रसित भएकाछन्।
Facebook Comments


























