शरान, साउन ४ । अफगानिस्तानमा भएको बम विस्फोटनमा परी जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी मारिएका छन्। देशको पाक्तिका प्रान्तमा पर्ने सारोबीमा शनिवार राति घटना भएको अधिकारीहरुले आइतवार जानकारी दिएका छन्।
प्रान्तीय प्रहरी प्रवक्ताशाह मोहम्मद अरिनले सिन्ह्वालाई भने, “सारोबीका जिल्ला प्रहरी प्रमुख डार्या खान तलाश र अन्य तीन जना प्रहरीको शनिवार राती भएको विस्फोटनको घटनामा परी मृत्यु भएको छ।”
उनका अनुसार विस्फोटनमा परेर प्रहरीले प्रयोग गरेको एउटा सवारी साधन पनि ध्वस्त भएको छ। प्रहरी अधिकारीहरुले आफ्नो जिम्मेवारी निर्वाह गर्नेक्रममा दुर्घटनामा परेको उनको भनाइ छ। रासस
Facebook Comments


























