काठमाडौं, साउन ४ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा पार्टीका वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायत नेताहरु भेला भएका छन्।
शनिबार बालुवाटारमा भएको छलफलमा दुई अध्यक्षबीच पार्टी विवादलाई महाधिवेशनबाट सुल्झाउने सहमति भएको चर्चा भएलगत्तै प्रचण्डसहितका नेताहरुको भेला भएको हो।
शनिबार भएको भनिएको सहमतिप्रति अर्का नेता माधव नेपालले असन्तुष्टि व्यक्त गरिसकेका छन् भने प्रचण्डको सचिवालयले ती विषयमा छलफल भएपनि सहमति नै भइनसकेको बताएको छ।
Facebook Comments


























