काठमाडौं, साउन ४ । पर्साको ठोरी गाउँपालिका वडा नम्बर २ स्थित सीता गुफानजिकै उखेलिएको अवस्थामा फेला परेको नेपाल-भारत सीमास्तभ पुनः गाडिएको छ।
ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले आइतबार बिहान दिएको जानकारी अनुसार नेपाल र भारत दुवै पक्षका प्रहरी तथा स्थानीय जनप्रतिनिधि बसेर आइतबार राति ८ बजेतिर सीमा स्तम्भ पुनः गाडिएको हो।
त्यस क्रममा नेपाली र भारतीय नागरिकबीच झन्डै झडपको स्थिति आएको उनले बताए। ‘दुवैतर्फ दुई–तीन सय दुई–तीन सय मानिस जम्मा भएका थिए,’ गाउँपालिका अध्यक्ष श्रेष्ठले सुनाए, ‘तर यताको म (गाउँपालिका अध्यक्ष) र उता भारतको धमौला पञ्चायतका प्रमुख राम बिहारी महतो मिलेर सम्झाइबुझाइ गर्यौं र झडप हुन दिएनौं।’
Facebook Comments


























