वासिंगटन, साउन ३ । नागरिक अधिकारका लागि भएको आन्दोलनका नेता तथा पछि अमेरिकी विधायक बन्न सफल जोह्न लेविसको असी वर्षको उमेरमा निधन भएको छ। उनी नागरिक अधिकारवादी नेताहरु ‘ बिग सिक्स ’ मध्ये एक हुन्।
यस नेता सुचिमा सन् १९६३ मा वासिंगटनमा ऐतिहासिक मार्च आयोजना गर्न महत्वपूर्ण भुमिका निभाउने माटिन लुथर किंग जुनियर पनि पर्दछ। जर्जियाको डेमोक्रेट विधायक रहेका उनले यसको राजधानी एटलान्टाको थुप्रै क्षेत्रको प्रतिनिधित्व गरेका थिए।
सन् २०१९ को डिसेम्वरमा लेविसले आफुलाई स्टेज फोर प्याक्रियाटिक क्यान्सर भएको घोषणा गरेका थिए। त्यसवेला उनले एउटा विज्ञप्ति जारी गर्दै भनेका थिए , ‘ झण्डै जिवनभरि म कुनै न कुनै किसिमले स्वतन्त्रता , समानता , र आधारभूत मानव अधिकारका लागि संघर्षशिल रहँदै आएको छुं। तर अहिले जस्तो डरलाग्दो चुनौति भने मैले कहिल्यै सामना गर्नु परेको थिएन। ’
नागरिक अधिकार आन्दोलनको दौरान लेवसि बिद्यार्थी अहिंसा समन्वय समिती ९ एसएनसिसि० का संस्थापकहरु मध्ये एक थिए। पछि उनी सन् १९६३ देखि १९६६ सम्म यस समितीका अध्यक्ष रहेका थिए। उनी सहआयोजक रहेको १९६३ को रोजगार र स्वतन्त्रताका लागि वासिंगटनमा निकालिएको मार्चम मार्टिन लुथरले एतिहासिक भाषण ‘ आइ ह्याभ अ ड्रिम ’ दिएका थिए।
सो मार्चका उनी अन्तिम जिवीत आयोजक थिए। डेमोक्रेटिक सभामुख न्यान्सी पेलोसीले एउटा विज्ञपित आफ्नो वेवसाइट र सामाजिक संजालमा पोस्ट गर्दै उनको निधन पुष्टि गरेकीछन्। एजेन्सी


























