काठमाडौं, साउन ३ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा जारी छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सचिवालय बैठक जारी रहेको जानकारी दिए। नेकपामा आन्तरिक विवाद जारी छ। गत असार १० गतेदेखि जारी स्थायी कमिटी बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए।
दाहाल–नेपाल पक्षको मागलाई प्रधानमन्त्री ओलीले वेवास्था गर्दै आएका छन्। पटक पटक स्थायी कमिटी बैठकमा सहमति खोज्ने प्रयास भएपनि अहिलेसम्म सफल भएको छैन। जारी स्थायी कमिटीको बैठक स्थगित गरेर आज बस्न लागेको सचिवालय बैठकलाई महत्वपूर्ण रुपमा हेरिएको छ। स्रोतका अनुसार आजको सचिवालय बैठकले नेकपाभित्रको विवाद टुंग्याउने छ।
Facebook Comments


























