काठमाडौं, साउन २ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड-१९ को संकटबाट अर्थतन्त्रलाई ध्यानमा राखेर मौद्रिक नीति ल्याएको बताएका छन्। यो वर्ष कोभिडले गरिबी, बेरोजगारी र असमानता बढ्ने भएकाले यसलाई मध्यनजर गर्दै नीति ल्याएको उनले बताएका हुन्।
अहिले कर्जा प्रवाह घटेका कारण बैंकमा पर्याप्त तरलता रहेको उनले बताए। जसका कारण कर्जाको ब्याजदर घटेको उनको तर्क छ। साथै, ७% को आर्थिक वृद्धिलाई मध्यनजर गरेर मौद्रिक नीतिको तर्जुमा गरिएको उनको तर्क छ।
Facebook Comments


























