साउन २ । पपुवान्युगिनीमा शुक्रबार शक्तिशाली भूकम्प गएको छ। देशको पूर्वी क्षेत्रमा ६ दशमलव ९ म्याग्निच्युडको भूकम्प आएको अधिकारीहरूले जानकारी दिएका छन्।
अमेरिकी भूगर्भ विभागले स्थानीय समयानुसार शुक्रबार दिउँसो १२ बजेर ५० मिनेट जाँदा भूकम्प गएको जनाएको छ। राजधानीदेखि एक सय ५० किलोमिटर टाढा केन्द्रबिन्दु रहेको र ८५ किलोमिटर गहिराइबाट कम्पन भएको अधिकारीहरूले जनाएका छन्।
भूकम्प आएपछि भागाभाग भएको थियो। देशका धेरै ठाउँमा भूकम्पको महसुस गरिएको थियो। अधिकारीहरूले भूकम्पका कारण कुनै मानवीय तथा भौतिक क्षति भएको विवरण प्राप्त नभएको जनाएका छन्।
Facebook Comments

























