बैतडी, असार ३१ । पञ्चेश्वर गाउँपालिका-२ महाकालिकी १७ वर्षीया भागरथी चन्दको सर्पले टोकेर मृत्यु भएको छ।
ती बालिकालाई हिजो साँझ घरको आगनमा सर्पले टोकेको र उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए।
मृतक स्थानीय देवथला माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन्। रासस
Facebook Comments


























