असार ३१ । धार्मिक आस्थाको हिसाबले साउन महिनालाई भगवान शिवको महिना मानिन्छ। यसबेला भगवान शिवको पूजा आराधना गरिन्छ। बेलपत्रलाई भगवान शिवको प्रिय वनस्पति मानिन्छ। शिवको पूजा गर्दा बेलपत्र अनिवार्य हुन्छ।
जबकी बेलपत्र आफैमा औषयिध गुणले भरिपूर्ण वनस्पति हो। बेलपत्रमा प्रोटीन, बीटा क्यारोटीन, थाइमिन, क्याल्सियम, आइरन, भिटामिन ए, भिटामिन बी र भिटामिन सीसँगै भरपुर मात्रामा जैविक तत्वहरु र एन्टीअक्सिडेन्ट्स पाइन्छ।
अपच, रुघा, ज्वरो, दम जस्ता समस्याहरुमा बेलपत्रको सेवन उपयोगी मानिन्छ।
पाकेको बेललाई मह र सख्खरसँग खाँदा शरीरको रगत सफा हुन्छ र रगत बढ्छ पनि। बेलको पत्ताको रस पुरै शरीरमा लगाउनुपर्छ र एक घन्टापछि नुहाउनुपर्छ । यसबाट तपाईंको शरीरको दुर्गन्ध हट्छ।
भिटामिन सीको कमिले स्कर्वी रोग लाग्छ। बेल भिटामिन सीबाट भरपुर हुन्छ। त्यसैले यसको सेवन गरेर तपाईं स्कर्वी रोगबाट बच्न सक्नुहुन्छ। पाकेको बेलको गुदीलाई पानीमा उमाल्नुपर्छ। त्यसपछि पानीलाई चिसो बनाएर त्यसले कुल्ला गर्दा मुखभित्रको छाला ठिक हुन्छ।
मुटुका रोगीहरुका लागि बेलपत्रको प्रयोग अत्यन्त प्रभावकारी मानिन्छ। दिनहुँ बेलपत्रको काडा दैनिक मुटु सँधै बलियो हुन्छ र हृदयघातको सम्भावना पनि कम हुन्छ।
साससँग जोडिएका रोगहरुमा पनि बेलपत्रले अमृतको काम गर्छ। यसको पत्तालाई पीसेर रस बनाउनुपर्छ र नियमितरुपमा यसको सेवन गर्नुपर्छ, निकै लाभ मिल्नेछ। ज्वरो हुँदा बेलपत्रको काढा बनाएर पिउनाले ज्वरो ठिक हुन्छ।
फुस्रो र रुखो छालामा चमक ल्याउन होस वा कपाललाई स्वस्थ र सुन्दर राख्न बेलपत्रले महत्वपूर्ण भूमिका खेल्छ।
बेलको रसलाई मनतातो पानीमा मिलाउनुपर्छ। यसमा महको केही थोपा हाल्नुपर्छ। यसको घोल नियमितरुपमा सेवन गर्दा रगत सफा हुन्छ।
सेतो दाग बेलपत्रको सहयोगले ठीक हुन सक्छ। बेलको गुदीमा सोरलिन नामको तत्व हुन्छ जसले छालाको घाम सहने क्षमतालाई बढाउँछ। यसका अलावा बेलपत्रमा क्यारोटिन पनि हुन्छ र यी दुवै तत्व मिलेर छालाको रंगलाई समान बनाइराख्न महत्वपूर्ण भूमिका खेल्छन्। बेलको दैनिक उपयोगले छालाको सेतो दागहरु सफा हुन्छन्।
बेलपत्रको रससँग जीरा मिलाएर पिउनाले पित्तको साथसाथै छालामा हुने दाग धब्बा र चिलाएको निशानाहरु पनि ठिक हुन्छन्।
पाकेको बेलको बोक्रालाई सफा गरेर त्यसमा तिलको तेल तथा कपुर मिलाउनुस र त्यसर्लाइ दैनिक कपालमा लगाउनुस। यसबाट कपालमा जुम्रा पर्दैन।
कपाल झर्ने समस्या रोक्नका लागि बेलपत्रको सेवन सबैभन्दा उचित उपाय हो। दैनिक एक बेल पत्तालाई धोएर खानुपर्छ।
























