काठमाडौं, असार २९ । वर्षा सुरु भएसँगै मुलुकको तराई भाग डुवानमा पर्ने समस्या भारतीय हस्तक्षेपको परिणाम भएको गृहमन्त्री रामबहादुर थापा बादलले बताएकाछन्। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्र्री थापाले सोमबार यस्तो बताएकाहुन्।
उनले बैठकमा भारतीय हस्तक्षेपका कारण तराईका क्षेत्र डुवानमा परेको बताए। भारतले सीमा क्षेत्रमा सडकरुपी बाँध बनाउँदा नेपाली भूमि डुवानमा परेको उनको भनाई छ।
‘राजनीतिक रुपमा भन्दा यो भारतले नेपालमा गरेको हस्तक्षेप नै हो। उनीहरुले आफ्नो हित हेरे, तर नेपालको हितलाई ध्यान दिएनन्।’ उनले भने। भारतले सीमा क्षेत्रमा बनाएको बाँध र संरचना हटाउन पहल गरे पनि सार्थक नभएको मन्त्री थापाले बताए।
Facebook Comments


























