हुनान, असार २९ । केही दिनदेखि भईरहेको वर्षाका कारण चीनका अधिकांश भूभाग डुवानमा परेको छ। चीनको २७ प्रान्तमा डुवान र बाढीले प्रभावित बनाएको छ। सोमबार विहानसम्म एक सय ४१ भन्दा बढी मानिसले ज्यान गुमाइसेको छ भने बेपत्ता पनि हुन सक्ने बताईएको छ।
डुवानकै कारण दुई करोड जनालाई सुरक्षित स्थानमा सारिएको छ। यसबाट ३७ करोड बढीलाई प्रभावित बनाएको जनाईएको छ। बाढीले गर्दा २८ हजार घरहरु पूर्णरुपमा द्धस्त भएको जनाएको छ। पछिल्लो आँकडाअनुसार बाढी र डुवानले गर्दा ११ अर्ब अमेरिकी डलर बराबरको क्षती भएको चीनीयाँ पक्षले जनाएको छ।
Facebook Comments


























