काठमाडौं, असार २८ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वाशुदेव पाण्डेले नेपालका कूल कोरोना संक्रमितमध्ये ०.३ प्रतिशतमा मात्रै कोरोनाको लक्षण देखिएको बताएका छन्।
आइतबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा निर्देशक डा. पाण्डेले नेपालका कूल कोरोना संक्रमित १६ हजार ८०१ मध्ये जम्मा ०.३ प्रतिशतमा मात्रै कोरोनाको लक्षण देखिएको बताए।
‘जम्मा संक्रमितमध्ये ०.३ प्रतिशतमा मात्रै कोरोनाका केही लक्षण देखिएको छ’, उनले भने, ‘त्यसमा पनि खोकी लाग्ने, ज्वरो आउने लगायतका सामान्य लक्षण रहेका छन्, गम्भीर खालका बिरामी छैनन्।’
उनले मृत्यु हुनेको संख्या ०.२१ प्रतिशत रहेको बताए। उनले मृत्यु भएका ३८ मध्ये २४ जनामा अन्य गम्भीर खालका रोगी रहेको बताए।
Facebook Comments


























