जोहान्नेसवर्ग, असार २८ । दक्षिण अफ्रिकाको एउटा चर्चमा प्रवेश गरेका हतियारधारी समुहको आक्रमणमा पाँच व्यक्तिको ज्यान गएको छ। सो चर्चको नेतृत्वबारे विवाद भएपछि यस अप्रिय घटना घटेको हो। शनिवार बिहान राजधानी जोहान्नेसवर्ग नजिक भएको यस घटनामा बन्धकको स्थितीमा रहेका थुप्रै पुरुष, महिला र बालबालिकालाई प्रहरीले उद्धार गरेका थिए।
प्रहरीले कम्तिमा चालिस व्यत्तिलाई दर्जनौं अत्याधुनिक हातहतियारसहित गिरफतार गरेको छ। सन् २०१६ मा इन्टरनेसनल पेन्टेकास्टल होलिनेस चर्चका प्रमुखको निधन भएयता यसको नेतृत्वमा विवाद चल्दै आएको छ।
सन् २०१८ मा पनि चर्चका दुई सदस्य समुहबिच गोली हानाहान हुँदा प्रहरीले हस्तक्षेप गर्नु परेको थियो। यस चर्चबाट ६५ लाख अमेरिकी डलर हराइरहेको विवाद पनि चालु छ। आक्रमणकारीहरुले चर्चमा रहेका मानिसहरु चर्च कब्जा गर्न पुगेको आरोप लगाएका छन्। एजेन्सी


























