काठमाडौं, असार २८ । भ्रष्टचार गरेको आरोपमा तत्कालीन जिल्ला वन कार्यालय बाराका सहायक वन अधिकृत विन्देश्वर प्रसाद पटेललाई अख्तियारले मुद्दा दर्ता गरेको छ।
नर्सरी र बाँसको विरुवा खरिदमा भ्रष्टचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ लाख विगो माग गर्दे आइतबार विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको हो।
जिल्ला वन कार्यालय बाराका सहायक वन अधिकृत हुदाँ पटेलले जिल्लाकै वरियापुर नर्सरीमा राष्ट्रपति चुरेको बाँसको विरुवा खरिदमा व्यापक अनियमितता गरेको अनुसन्धानमा खुलेको छ।
पटेलले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास कार्यक्रम वंगरी नदी प्रणालीतर्फ दुई हजारवटा दुईबर्षे बाँसको कलमी राइजोम उत्पादन वा खरिद तथा रोपण गरी नर्सरी व्याड निर्माणको लागि २०७५ फागुन मसान्तभित्रमा कार्य सम्पन्न गरिसक्ने गरी ३ लाख को कार्यादेश अनुसार कुनै पनि काम नगरी पुरानै नर्सरी देखाएर खरिद गरेको नक्कली बिल पेश गरी रकम फछर्यौट गरेको अख्तियारका प्रवक्त प्रदीप कुमार कोइरालाले बताए।


























