असार २८ । इजरायल सरकारले कोरोना भाइरसका कारण देश आर्थिक संकटमा गएको भन्ने भ्रम सिर्जना गरेको भन्दै प्रदर्शन गरिएको छ।
इजरायलको तेल अभिभमा भेला भएका हजारौं प्रदर्शनकारीहरुले कोभिड १९ का कारण सर्वसाधारणले व्यहोरेको क्षतिपूर्ति बापतको रकम भुक्तानी गर्न ढिलाइ गरेको भन्दै सरकार विरोधीले चर्को नारा लगाएका थिए।
युवा युवतीहरुको संख्या उल्लेख्य रहेको प्रदर्शनमा व्यापारी र मजदुरहरु पनि सहभागी भएका थिए। कोरोनाका कारण आफूहरुले आर्थिक संकटको सामना गरिरहेको भन्दै उनीहरुले सरकारले कोरोनाका बेला ठोस योजना नल्याएको भन्दै सरकारको चर्को बिरोध गरेका छन्।
प्रदर्शनकारीहरुले मास्कको प्रयोग गरेतापनि सामाजिक दुरी भने कायम गरेनन्। प्रदर्शन अघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले केही व्यापारी र मजदुरहरुसंग भेट गरी मुलुक आर्थिक संकटको बिषम परिस्थिती भोग्न बाध्य भएको भन्दै क्षतिपूर्ती बापत पारिश्रमिक दिन ढिलाई भएको जानकारी दिंदै छिट्टै नै यसको समाधान गर्ने आश्वासन दिएका थिए।
प्रधानमन्त्रीको आश्वासन प्रति असन्तुष्टी जनाउँदै उनीहरुले प्रदर्शनको आयोजना गरेका हुन्।
इजरायलमा कोरोना संक्रमितकोे संख्या ३७ हजार ४ सय बढी रहेको छ भने हालसम्म ३ सय ५४ जनाको मृत्यु भइसकेको छ। त्यहाँ शनिबार एकैदिन १५ सय जना संक्रमित थपिएका थिए। एजेन्सी


















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)







