चितवन । यौन मनोविज्ञान र सामाजिक यथार्थवादी धारामा लेखिएका कथासंग्रह ‘कुमाता’को दोस्रो संस्करण बजारमा आएको छ। चितवनमा रहेर लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील वसन्त पराजुलीद्वारा लिखित उक्त कथासंग्रहको पहिलो संस्करण गतवर्ष फागुन २६ गते विमोचन भएको थियो। पराजुली पछिल्लाे समय हाेटल व्यवसायमा पनि आवद्ध छन्।
यो छोटो समयमै दोस्रो संस्करण प्रकाशन गर्न पाउँदा आफूलाई भाग्मानी ठानेको पत्रकार एवम् लेखक पराजुलीले बताए। भुँडीपुराण प्रकाशन प्रालिले प्रकाशन गरेको ‘कुमाता’मा फरक विषयवस्तुका दस कथाहरु संग्रहित छन्। कुमातामा समावेश कथाहरुले नेपाली समाजलाई जीवन्तता दिने प्रयास गरिएको हुँदा पाठकको रोजाई वढी भएकोले दोस्रो संस्करण पनि छिट्टै प्रकाशन गर्नु परेको भुँडीपुराण प्रकाशनका प्रबन्ध निर्देशक केशव पराजुलीले जानकारी दिए।
Facebook Comments


























