असार २५ । मन्त्रीपरिषद् बैठकमा बिरामी परेका आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको निधन भएको छ।
मन्त्रीपरिषद् बैठकको क्रममा बिरामी परेका ६१ वर्षका कोलाबालीको उपचारका क्रममा अस्पतालमा बुधबार दिउँसो मृत्यु भएको हो। गएको मे २ मा उपचारका लागि फ्रान्स गएका उनी दुईमहिनापछि गत विहीबार स्वदेश फर्किएका थिए।
सत्तारुढ पार्टीले राष्ट्रपति चुनावका उम्मेदवार बनाउने घोषणा गरेका कोलाबालीको निधनले आउँदो अक्टोबरमा हुने भनिएको चुनावमा अनिश्चित भएको छ। एजेन्सी
Facebook Comments


























