चितवन । रत्ननगरकी कोरोना संक्रमित महिला टिस्चार्ज भएकी छन्। रत्ननगर ४ की २७ बर्षीय महिला १२ दिनको उपचारपछि कोरोनामुक्त भएकी हुन्। असार ११ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी १२ गते गुन्जमानसिंह अस्पतालमा भर्ना भएकी थिइन्। पहिलो रिपार्ट पोजेटिभ आएको १२ औं दिनमा गरिएको दोश्रो पटकको रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको अस्पतालका डा अंकित श्रीवास्तवले जानकारी दिए।
कोरोनामुक्त भएपछि मंगलबार रत्ननगर नगरपालिकाका मेयर नारायण वनले कोरोना परीक्षणको रिपार्ट र अस्पतालको डिस्चार्ज पेपर दिएर अस्पतालबाट बिदाई गरेका थिए। मेयर वनले कोरोना संक्रमितको उपचारमा सफल भएको भन्दै गुन्जमानसिंह अस्पताललाई धन्यावाद दिए। भरतपुर अस्पतालमा हुन सक्ने बिरामीको चापलाई मध्यनजर गरी गुन्जमानसिंह अस्पतालमा कोरोना संक्रमितको उपचार सुरु गरेको उनको भनाइ छ। एकजना संक्रमित पनि निको भएपछि रत्ननगर नगरपालिका पूर्णरूपमा कोरोनामुक्त भएको छ।


























