जनकपुरधाम, असार २२ । एघार वर्षीया बालिका कंचन कुमारी पंजियारको बलात्कार गरेर हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित मलिहावाद जिल्ला थाना काकोरी ग्राम पञ्चायत काकोरी वडा नं ११ बण्डाखेराका ३२ वर्षीय दिपु सिंह रहेका छन्। बुधबार चौधरी एण्ड मिश्र इन्ड्रष्टिजमा आँप टिप्न गएकी कंचनलाई सिंहले ललाई फकाई बलात्कार गरी मुख थुनेर हत्या गरेको धनुषा प्रहरीले जनाएको छ।
हत्यापछि सिंहले कंचनको शव बल्यान्केटमा बेरी शुक्रवार बिहान ३ बजेको समयमा दुधमति नदीको पश्चिम क्षेत्रको डिलमा रहेको सिकटको झाडीमा फालेका थिए।
Facebook Comments


























