टोकियो, असार २१ । जापानको क्युसु द्विमा अविरल मुसलधारे बर्षाका कारण आएको बाढीले १४ जनाको ज्यान लिएको छ। द्विपमा भिषण बर्षा र भुस्खलनका कारण आम जनजीवन अस्तब्यस्त भएको छ। बाढीका कारण स्थानिय प्रशासनले लाखौंलाई घर छोडेर सुरक्षित स्थान जान आदेश जारी गरेको छ।
बाढीले पुरयाएको विनासलाई ध्यानमा राखी जापानका प्रधानमन्त्री सिन्जो आबेले राहत तथा उद्धार कार्यका लागि १० हजार सैनिक परिचालन गरेको छ। कुमा नदीको जलस्तर अहिलेपनि खतराको स्तर भन्दा माथि रहेको छ। आइतबार थप भिषण बर्षाको पुर्वानुमान सँगै नागरिकलाई सतर्क रहन सचेत गराइएको छ।
बाढी र डुबानका कारण कुमामोटो र कगोसिमा प्रान्तका लाखौं नागरिक प्रभावित भएका छन्। हिटामोसी, यत्सुसिरो र कुमामाटोका कयौं गाउँका बासिन्दा बाढीले सडक बगाएकोले डुबानमा फसेका छन्। प्रहरी, अग्निसमन कर्मचारी तथा सेनाका जवानले फसेकाहरुलाई बचाउने प्रयास गरिरहेका छन्।

























