चितवन । शुक्रबार चितवनकाे भरतपुर काेभिड-१९ प्रयाेगशालामा परीक्षण गरेका नमुनामध्ये चितवनका ६ जना र नवलपुरका ७ जना गरी १३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। कुल २२८ वटा नमुनाकाे परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएकाे प्रयाेगशाला प्रमुख डा नीतु अधिकारीले जानकारी दिइन्।
संक्रमण पुष्टि हुनेहरुमा चितवनका ३५, ३१, ३१, २९, ४३ र ४९ वर्ष उमेरसमूहका ६ जना पुरुष, नवलपुर जिल्लाका ४२, २०, ३५ ३९ र ३१ वर्षका पूरुष र २५ र ३० वर्ष उमेर महिलामा काेराेना संक्रमण पुष्टि भएकाे हाे। चितवनका संक्रमितहरु भरतपुर महानगरपालिकाकाे वडा नम्बर २७, ६, १६, ३ र ८ का छन् भने नवलपुर जिल्लाका संक्रमितहरु भने देवचुली नगरपालिका वडा नम्बर १४, १६, ३, ८ र १७ का नागरिक रहेका छन्।
अन्य वडाका एक/एक जना भए पनि चितवनकाे भरतपुर महानगरपालिका वडा नम्बर ६ का दुईजना र नवलपुर देवचुली १६ का तीनजना रहेका छन्।


























