काठमाडौं, असार १९ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६३ पुगेको छ।
शुक्रबार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १९ जना, तनहुँमा ९, पर्वतमा ३ र बाग्लुङका १ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै संक्रमित संख्या १ हजार ६३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। संक्रमित ४ महिला छन् भने बाँकी १ बालकसहित २८ जना पुरूष छन्।
भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोतीका १९ देखि ४९ वर्ष उमेर समूहका ११ जना पुरूष र २३ देखि ४० वर्षका ३ जना महिला छन्।
यस्तै मध्यविन्दुका १० वर्षीय बालक, २४, २८ र ३३ वर्षका पुरूष तथा ३० वर्षीया महिला पनि संक्रमण पुष्टि भएको छ।
यस्तै तनहुँको भिमादका वर्ष २२ र ३४ का २ पुरूष तथा ऋषिङका २३ देखि ४७ वर्ष उमेर समूहका ७ जना पुरूष पनि संक्रमित भएको निर्देशनालयका निर्देशक डा।विनोद विन्दु शर्माले जानकारी दिए।
शर्माका अनुसार पर्वतको बिहादी, फलेवास र पैयुँका ३ जना पुरूष संक्रमित भएका छन् भने बाग्लुङको जैमिनीका २१ वर्ष पुरूषमा पनि संक्रमण पुष्टि भएको छ।



























