काठमाडौँ । सरकारविरुद्ध अनशनमा बसी अस्पताल भर्ना भएका इसान अधिकारी र पुकार बमलाई बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेका छन्। प्रधानमन्त्री ओलीले धुम्बाराहीस्थित ह्याम्स अस्पताल पुगेर अनशनरत युवाहरुकाे स्वास्थ्यावस्था बुझेका हुन्।
भेटमा प्रधानमन्त्री ओलीले सरकारकाे पर्याप्त ध्यानाकर्षण भएकाे बताएका थिए। जवाफमा अनशनरत युवाले छलफलका लागि कुनै माध्यम बनाइदिन प्रधानमन्त्री ओलीसँग आग्रह गरेका थिए। सरकारले कोभिड १९ विरुद्धको प्रतिकार्य प्रभावकारी ढंगले चलाउन नसकेको, पिसिआर परीक्षण बढाउनुपर्ने लगायतका माग राखी अधिकारी, बम ललितपुरको पाटन दरबार स्क्वायरमा एक सातादेखि अनशनमा बसेका थिए।
Facebook Comments


























