चितवन, असार १८ । चितवनकै गरिमा बोकेको युवा लक्षित कार्यक्रम मिष्टर एण्ड मिस चितवन एसइइ २०२० सुरु भएको छ।
अनलाइन अडिसनबाट छनोटमा परेका १० जना सहभागि सहित कार्यक्रम सुरु भएको आयोजक संस्था मञ्जरी नेपालका अध्यक्ष बिशाल एच आलले बताए। अनलाइन अडिसनमा आएका करिब २ सय ५० जना मध्ये १० जनालाइ मात्र अन्तिम प्रतियोगितामा सहभागि गराइएको हो।
प्रतियोगिता अव ४५ दिन सम्म चल्ने कार्यक्रमकी अध्यक्ष अञ्जु श्रेष्ठले बताइन्। कार्यक्रममा उपाधि विजेतालाइ आउदो अप्रिल २०२१ मा म्यानमारमा आयोजना हुने लिटिल मिस एण्ड मिष्टर वल्र्डमा सहभागिताको अवसर रहेकोछ। यसका साथै कक्षाको निशुल्क छात्रवृत्तिको अवसर रहेकोछ। विभिन्न पुरस्कार सहित अन्य २ जना रनर अप छनोट गरिने कार्यक्रमका निर्देशक ओमश्री रामदामले बताए।
सन २०१७ बाट सुरु भएको प्रतियोगिताको यो चौंथोे सस्करण हो। कार्यक्रममा सहभागिको लागी टिर्सट वितरण गरिएको थियो। नेपाली कथानक चलचित्र माया बस्छ कि के हो ले प्रायोजन गरिएको टिर्सट वितरणमा चलचित्रका नायक सोनाल तामाड्ढ उपस्थित रहेका थिए।
कार्यक्रममा वाइ इभेण्टका सुरज शाह , सिनर्जी एफ एमका स्टेशन म्यानेजर रामकान्त पौडेलले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए।


























