असार १७ । चीनबाट उत्पत्ति भएको कोरोना भाइरसले अहिले विश्वमा महामारीको रुप लिएको छ। विश्व समुदाय नै कोरोना भाइरसबाट लडिरहेको छ।
विश्वमा ५ लाख मानिसले ज्यान गुमाइसकेको छन् भने १ करोड मानिस संक्रमित भएका छन्।
अहिले फेरी चीनमा स्वाइफुव भाइरस उत्पत्तिको खबर आएको छ। यो खबर सुन्ने बित्तिकै अभिनेत्री सोनम कपुरले यो खबर सत्य नहोस् भन्दै प्रार्थना गरेकी छिन्।
सोनम कपुरले आफ्नो इस्टाग्रामा पोष्ट गर्दै लेखेकी छिन्, ‘स्वाइफुवको एक भर्जन मलाई पहिला नै भईसकेको छ त्यो मेरो जीवनको नराम्रो समय थियो । यो भाइरसको खबर सत्य नहोस्।’
सोनमको यो पोष्टमा उनका फ्यानहरुले पनि राम्रो प्रतिक्रिया दिएका छन्।
चीनमा फेरी नयाँ प्रजातीको भाइरस भेटिएको भन्दै यसले पनि महामारीको रुप लिन सक्ने वैज्ञानिकहरुले चेतावनी दिएसँगै सोनमको यस्तो प्रतिक्रिया आएको हो।
नयाँ भाइरस फ्लू भाइरस रहेको र बेलैमा नियन्त्रणको प्रयास नगरे अवस्था भयावह हुन सक्ने उनीहरुको भनाइ छ।
यो भाइरस अहिले सुँगुरमा पाइएको भए पनि मानिसमा सर्न सक्ने क्षमता रहेको विज्ञहरु बताउँछन्। नयाँ भाइरसमा मानिसमा पनि सर्ने र अन्ततः महामारीको रुप लिन सक्ने क्षमता देखिएको छ।
भाइरस मानिसमा सरेमा त्यो व्यक्तिबाट अर्को व्यक्तिमा पनि सर्ने देखिन्छ। सुँगुरमा देखिएको नयाँ भाइरससम्बन्धि प्रारम्भिक अध्ययन प्रतिवेदन नेशनल एकेडेमी अफ साइन्सेज जर्नलमा प्रकाशित भएको छ। एजेन्सी


























