काठमाडौं, असार १७ । सुनको मूल्य आज सम्मकै उच्च बिन्दुमा पुगेको छ। आज एकै दिन ५ सय रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो।
मङगलबार प्रतितोला ९१ हजार २ सयमा कारोबार भएको सुन आज ९१ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यो मूल्य हाल सम्मकै उच्च हो। आज तेजाबी सुनको मूल्य ९१ हजार २ सय ६५ र चाँदी ९६० रुपैंयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ। चाँदी आज १५ रुपैंयाँले बढेको हो।
Facebook Comments


























