असार १६ । भारतलाई आधुनिक हतियार दिन रुस सहमत भएको छ। भारत र चीनबीच तनाव बढेसँगै भारतको आग्रहमा रुसले हतियार दिने सहमति जनाएको हो।
हप्तादिनअघि भारतीय रक्षामन्त्री राजनाथ सिंहको रुस भ्रमणका क्रममा यस्तो सहमति भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन्। भारतको आग्रहमा रुसले एके–२०३ एसल्ट राइफल र का–२२६ टी लाइट युटिलिटी हेलिकप्टर पनि सहयोग गर्ने गरी सम्झौता भएको दाबी छ।
रुसले केही महिनाभित्रै ती हतियार भारतलाई दिने विश्वस्त पारेको जनाईएको छ। भ्रमणका क्रममा रक्षामन्त्री सिंहले रुसका उपप्रधानमन्त्री युर्य बोरिससँग भेटवार्ता गरेका थिए। एजेन्सी
Facebook Comments


























