काठमाडौं, असार १६ । मेगा बैंक र गण्डकी विकास बैंक गाभिएको छ। दुवै बैंकले असार २१ गतेदेखि एकीकृति कारोबार सुरु गर्ने भएका छन्।
आज दुवै बैंकले संयुक्त रुपमा सुचना जारी गर्दै यसको जानकारी दिएका हुन्। मेगा बैंकले गण्डकी विकास बैंक प्राप्ती गर्ने भनेर यसअघि नै सहमति भएको थियो। त्यसपछि आवश्यक प्रक्रिया पुरा गरेर एकीकृत कारोबार गर्न लागिएको हो। मेगाले बैंकले गण्डकी विकास बैंकलाई १ बराबर १ शेयरको अनुपातमा गाभेको हो।
आगामी आइतबार अर्थात् २ गतेदेखि मेगा बैंकको नामबाट नै एकीकृत कारोबार सुभारम्भ हुनेछ। यसका लागि असार २० गते दुवै बैंकका सम्पुर्ण सेवा बन्द हुने बताइएको छ। एकीकृत कारोबार पछि मेगा बैंक निक्षेप र मुनाफाका आधारमा २७ बाणिज्य बैंक मध्ये ११ औं स्थानमा आउने छ।
यस्तै, बैंकको चुक्तापुँजी १३ अर्ब १३ करोड रुपैयाँ हुनेछ। यस्तै, निक्षेप १ खर्ब २५ अर्ब, कर्जा १ खर्ब ९ अर्ब, ग्राहक ११ लाख हुनेछ। यसैग्रि शाखा संख्या शाखा संख्या २०६ वटा, एक्सटेन्शन काउन्टर ३० वटा र एटीएम १ सय ४२ वटा पुग्नेछन्। जिल्लाका आधारमा मेगा बैंक ५८ जिल्लामा पुग्नेछ।

























