असार १६ । बंगलादेशका रक्षा सचिव अब्दुल्लाह अल मोहसीन चौधरीको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ।
कोरोनाकै कारण स्थानीय समय अनुसार सोमबार विहान ९।३० बजे मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन्।
बंगलादेशको रक्षा मन्त्रालयका प्रशासनिक अधिकृत मोहम्मद भसानी मिर्जाले उनको उपचारकै क्रममा निधन भएको जानकारी दिए ।उनलाई ढाकामा रहेको संयुक्त सैनिक अस्पतालमा उपचारका लागि भर्ना गरिएकोमा जुन ६ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो।
स्वास्थ्यमा सुधार नआएपछि उनलाई यही जुन १८ मा अतिसघन कक्षमा राखेर उपचार गराइएकोमा सोही क्रममा मृत्यु भएको बताइएको छ। एजेन्सी
Facebook Comments


























