काठमाडौँ । विश्वमा कोरोना संक्रमण हुनेको संख्या एक करोड नाघेको छ। कोरोना भाइरसबारे जानकारी गराउँदै आएको वर्ल्डोमटिरले जनाएअनुसार यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड एक लाख ११ हजार ६३९ जना पुगेको छ। हालसम्ममा पाँच लाख एक हजार ८७४ जना कोरोनाका कारण मृत्यु भएका छन्। संक्रमण पुष्टि भएकामध्ये ५४ लाख ८४ हजार ८९१५ जना बिरामी निको भएका छन्। सन् २०२० को सुरुवातदेखि नै चीनको वुहानबाट फैलिएको भाइरसले विश्वमा दुईसयभन्दा बढी मुलुकमा प्रभाव जमाएको छ।
कोरोनाले सबैभन्दा बढी अमेरिकामा प्रभाव पारेको छ। अमेरिकामा मात्रै संक्रमितको संख्या २६ लाखको नजिक पुगेको छ। नेपाली समयअनुसार आइतबार साँझ करिब साढे ६ बजेसम्ममा अमेरिकामा २५ लाख ९६ हजार ८९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एक लाख २८ हजार १५३ जनाको मृत्यु भएको छ भने १० लाख ८१ हजार ४९४ जना निको भएर घर फर्किएका छन्। दोस्रो नम्बरमा ब्राजिल बढी प्रभावित छ। ब्राजिलमा मात्रै हालसम्ममा १३ लाख १५ हजार ९४१ जनामा संक्रमण पुष्टि भइसकेको छ भने ५७ हजार १०३ जनाको मृत्यु भएको छ। सात लाख १५ हजार ९०५ जना भने निको भइसकेका छन्। ब्राजिलपछि रसियामा बढी संक्रमण फैलिएको छ। रसियामा ६ लाख ३४ हजार ४२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीन लाख ९९ हजार ०८७ जना भने निको भएका छन्।
नेपालसँग सीमाना जोडिएको एसियाली मुलुक भारत भने चौथो नम्बरमा आइपुगेको छ। कोरोना संक्रमणबाट भारतमा मात्रै पाँच लाख ३१ हजार मानिस बिरामी भएका छन्। तीमध्ये १६ हजार १२८ जनाको मृत्यु भएको छ भने पछिल्लो चौबीस घण्टामा मात्रै २५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। तीन लाख ११ हजार ३६४ जना भने निको भएका छन्। छिमेकी मुलुक भारतमा तीव्र गतिमा फैलिरहँदा त्यसको असर नेपालमा पनि परेको छ। विश्वमा नेपाल ६१औँ नम्बरमा छ। नेपालमा हालसम्ममा १२ हजार ७७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंस्खा मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये तीन हजार १३ जना भने निको भइसकेका छन्। विश्वका विभिन्न देशमा लकडाउन खुकुलो गरेसँगै कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेको छ। विश्व स्वास्थ्य संगठनले संक्रमण अझ बढ्न सक्ने चेतावनी दिँदै पूर्वसावधानी अपनाउन आग्रह गरेको छ।














![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)











