काठमाडौं, असार १३ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदको बारेमा जानकारी दिने उद्देश्यले दैनिक ‘विपद् बुलेटिन’ सुरु गरेको छ।
दिनभर कहाँकहाँ कस्ताकस्ता घटना भए, कहाँकहाँ जोखिम छ, वर्षा र बाढीको जोखिम कुन ठाउँमा छ र कहाँ बढी पानी पर्छलगायतका जानकारी उक्त बुलेटिनबाट समावेश गरिने प्राधिकरणले जनाएको छ।
प्रारम्भिक चरणमा हरेक बिहान १० बजे पछिल्लो २४ घण्टाको विवरण सार्वजनिक गर्ने गरिएको र यसलाई अझै बिस्तार गर्दै लगिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए।
Facebook Comments


























