चितवन । रुकुम पश्चिम चौरजहारीमा भएको घटनाबारे चितवनबाट गएको स्थलगत अध्ययन समितिले जातीय विभेदको पराकाष्ठा भएको निष्कर्ष निकालेको छ। अन्तरजाजीय प्रेमसम्बन्धका कारण गएको जेठ १० गते नवराज विकसहित ६ जनाको हत्या हुने गरी भएको नरसंहारको विषयमा चितवनबाट दुईजना अधिवक्तासहित ९ जनाको टोलीले स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार पारेको थियो।
घटनामा नवराज विकको एकोहोरोपन, अज्ञानता, दुस्साहस र असावधानीका कारण घटनाले जघन्य रूप लिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। ‘केटी पक्षबाट दुईजना बीचको प्रेम सम्बन्धलाई अस्वीकार गरिहँदा पनि पनि आफूसहित १८ जनाको संख्यामा साथीहरु लिएर जानु नवराजको ठूलो दुस्साहस, असावधानी एवम् अज्ञानता यस घटनाको सहायक कारण देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ।
प्रतिवेदनअनुसार उक्त घटनामा प्रमुख प्रतिपक्षी दल र दलित सांसदबाहेक अन्य दलहरुको सहयोग नपाएको पनि उल्लेख छ। जाजरकोट र रुकुम दुवै जिल्लाका नेकपाका जनप्रतिनिधिबाट पीडित पक्षको लागि कुनै पनि खालको सकारात्मक सहयोग नपाएको जनाएको छ। ‘विशेषतः रुकुम जिल्लाका नेकपा जिल्ला कमिटि एवम् केन्द्रीय नेतृत्वले पीडितको पक्षमा खुलेर नलागेको र दोषीलाई राजनैतिक संरक्षण मिल्ने हो कि भन्ने आशंका पैदा भएको पाइन्छ,’ प्रतिवेदनमा भनिएको छ, घटनास्थलमा विगतका राजनैतिक गतिविधिका कारण बाहिर देखिने गरी नभए पनि सतही रुपमा छुवाछूत प्रथा र जातीय विभेदको अन्त्य हुन नसकेको पाइन्छ।’
प्रतिवेदनले सोती गाउँका वडाअध्यक्षलाई नै घटनाको मुख्य ‘डिजाइनर’ भनेको छ। प्रहरीलाई घटनाबारे गलत जानकारी गराएर आफू निर्दोष सावित गर्न खोजिएको प्रतिवेदनमा उल्लेख छ। साथै अदालतमा बयान फेर्नुले पनि सम्बन्धित युवतीको भूमिका समेत शंकास्पद देखिएको छ। उक्त प्रतिवेदनले सरकारलाई कानुन संशोधन र कार्यान्वयन गर्न पनि सुझाव दिएको छ।
रुकुम घटना ः प्रतिवेदनले भन्छ, ‘जातीय विभेदको पराकाष्ट’
चितवन । रुकुम पश्चिम चौरजहारीमा भएको घटनाबारे चितवनबाट गएको स्थलगत अध्ययन समितिले जातीय विभेदको पराकाष्ट भएको निष्कर्ष निकालेको छ। अन्तरजाजीय प्रेमसम्बन्धका कारण गएको जेठ १० गते नवराज विकसहित ६ जनाको हत्या हुने गरी भएको नरसंहारको विषयमा चितवनबाट दुईजना अधिवक्तासहित ९ जनाको टोलीले स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार पारेको थियो।
घटनामा नवराज विकको एकोहोरोपन, अज्ञानता, दुस्साहस र असावधानीका कारण घटनाले जघन्य रूप लिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। ‘केटी पक्षबाट दुईजना बीचको प्रेम सम्बन्धलाई अस्वीकार गरिहँदा पनि पनि आफूसहित १८ जनाको संख्यामा साथीहरु लिएर जानु नवराजको ठूलो दुस्साहस, असावधानी एवम् अज्ञानता यस घटनाको सहायक कारण देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ।
प्रतिवेदनअनुसार उक्त घटनामा प्रमुख प्रतिपक्षी दल र दलित सांसदबाहेक अन्य दलहरुको सहयोग नपाएको पनि उल्लेख छ। जाजरकोट र रुकुम दुवै जिल्लाका नेकपाका जनप्रतिनिधिबाट पीडित पक्षको लागि कुनै पनि खालको सकारात्मक सहयोग नपाएको जनाएको छ। ‘विशेषतः रुकुम जिल्लाका नेकपा जिल्ला कमिटि एवम् केन्द्रीय नेतृत्वले पीडितको पक्षमा खुलेर नलागेको र दोषीलाई राजनैतिक संरक्षण मिल्ने हो कि भन्ने आशंका पैदा भएको पाइन्छ,’ प्रतिवेदनमा भनिएको छ, घटनास्थलमा विगतका राजनैतिक गतिविधिका कारण बाहिर देखिने गरी नभए पनि सतही रुपमा छुवाछूत प्रथा र जातीय विभेदको अन्त्य हुन नसकेको पाइन्छ।’
प्रतिवेदनले सोती गाउँका वडाअध्यक्षलाई नै घटनाको मुख्य ‘डिजाइनर’ भनेको छ। प्रहरीलाई घटनाबारे गलत जानकारी गराएर आफू निर्दोष सावित गर्न खोजिएको प्रतिवेदनमा उल्लेख छ। साथै अदालतमा बयान फेर्नुले पनि सम्बन्धित युवतीको भूमिका समेत शंकास्पद देखिएको छ। उक्त प्रतिवेदनले सरकारलाई कानुन संशोधन र कार्यान्वयन गर्न पनि सुझाव दिएको छ।
चितवनबाट अधिवक्ताद्वय गोपीलाल देवकोटा र दीपक भट्टराईसहित नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष रणेन्द्र बराली, नेपाल उत्पीडन जातीय मुक्ति समाज केन्द्रीय समिति सचिवालय सदस्य चक्र रुचाल, नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समिति सचिवालय सदस्य खेमबहादुर दर्जी, नेपाल दलित संघका केन्द्रीय सदस्य विपेन्द्र रामुदामु, संयुक्त दलित संघर्ष समिति चितवनका सदस्य सचिव यमबहादुर विके, विश्वकर्मा सेवा समिति चितवनका उपाध्यक्ष प्रेमबहादुर सुनारलगायको टोली स्थलगत अध्ययन गर्न असार १ देखि ७ गतेसम्मका लागि घटनास्थल पुगेको थियो। प्रतिवेदनले दोषीलाई कारवाही र पीडितलाई न्याय दिलाउन माग गरेको छ।
चितवनबाट अधिवक्ताद्वय गोपीलाल देवकोटा र दीपक भट्टराईसहित नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष रणेन्द्र बराली, नेपाल उत्पीडन जातीय मुक्ति समाज केन्द्रीय समिति सचिवालय सदस्य चक्र रुचाल, नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समिति सचिवालय सदस्य खेमबहादुर दर्जी, नेपाल दलित संघका केन्द्रीय सदस्य विपेन्द्र रामुदामु, संयुक्त दलित संघर्ष समिति चितवनका सदस्य सचिव यमबहादुर विके, विश्वकर्मा सेवा समिति चितवनका उपाध्यक्ष प्रेमबहादुर सुनारलगायको टोली स्थलगत अध्ययन गर्न असार १ देखि ७ गतेसम्मका लागि घटनास्थल पुगेको थियो। अध्ययन समितिले तयार पारेको प्रतिवेदन शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।