दाङ, असार १२ । जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा दाङको तुलसीपुरमा पाँच जना बिरामी भएका छन्। बिरामी हुनेमा एकै घरका ४ जना र एकजनासोही घरमा आएका पाहुना रहका छन्।
जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा तुलसीपुर उपमहागनरपालिका–५ रानीजरुवा निवासी ३५ वर्षकी बिमला विक, १७ वर्षकी पवित्रा विक, ११ वर्षका जेनिस विक, १० वर्षका सुजन विक र पाहुना आएकी सल्यानको छत्रेश्वरी गाउँपालिका–३ पेदीखोला निवासी १७ वर्षकी मनिसा विक बिरामी परेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङले जानकारी दिएको छ।
बिहीबार राती साढे आठ बजे च्याउ पकाएर खाए लगत्तै बान्ता आउने, वाकवाकी लाग्न थालेपछि उनीहरुलाई राती नै राप्ती प्रादेशिक अस्पताल ल्याइएको थियो।
Facebook Comments


























