काभ्रे, असार १२ । काभ्रे जिल्लाको रोशी गाँउपालिकामा बोधिचित्त लुटेरा र प्रहरीबीच जम्काभेट हुँदा गोली चलेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी कुमार विक्रम थापाका अनुसार, बोधिचित्तको माला लुटपाट गर्न आएको समूहले बिहानै गोली चलाएको हो।
गाउँमा बोधिचित्त लुट्न आएको सूचना पाएपछि प्रहरीको टोली गाउँमा पुगेको थियो। प्रहरी र हतियारधारी समूहको जम्काभेट हुँदा गोली चलेको हो।
लुटेरा समूहले प्रहरीलाई कुटपिट समेत गरेको र बाटोमा बम राखेर भागेको बताइएको छ।
डिएसपी थापाका अनुसार, प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको छ।
Facebook Comments


























