काठमाडौं, असार ११ । आज (बिहीवार) अमेरिकी डलरसहित विदेशी मुद्राको मूल्य केही बढेको छ। बुधवारको तुलनामा विदेशी मुद्राको दर केही बढेको हो।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस र लकडाउनको प्रभाव विदेशी मुद्राको सटही दरमा पनि परेको छ।
आज अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ८५ पैसा र विक्रीदर १२१ रुपैयाँ ४५ पैसा पुगेको छ। यस्तै युरोपियन युरोको खरिद दर १३६ रुपैयाँ ५२ पैसा र विक्रीदर १ सय ३७ रुपैयाँ २० पैसा रहेको छ।
आजको सटही दर अनुसार युके पाउन्ड स्ट्रलिङ १ को १५१ रुपैयाँ २६ पैसा खरिददर तोकिएको छ भने १५२ रुपैयाँ १ पैसा विक्रीदर रहेको छ।
त्यसैगरी साउदी रियाल १ को ३२ रुपैयाँ २२ पैसा तथा विक्रीदर ३२ रुपैयाँ ३८ पैसा, कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १९ पैसा तथा विक्रीदर ३३ रुपैयाँ ३६ पैसा रहेको छ।
यस्तै जापानी एन १० को ११ रुपैयाँ ३५ पैसा खरिददर तोकिएको छ भने ११ रुपैयाँ ४० पैसा विक्रीदर तोकिएको छ। त्यसैगरी चाइनिज युआन १ को १७ रुपैयाँ ९ पैसा खरिददर र १७ रुपैयाँ १७ पैसा विक्रीदर रहेको छ।


























