काठमाडौं, असार १० । बुधबार थप १ सय १४ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो। पछिल्लो पटक ८ महिला र १ सय ६ जना गरी १ सय १४ जना निको भएका हुन्। योसहित नेपालमा हालसम्म जना २ हजार ३ सय ३८ उपचारपछि निको भएका छन्।
हालसम्म नेपालमा १० हजार ७ सय २८ जना कोरोना संक्रमण पाइएको छ। प्रवक्ता डा गौतमका अनुसार मंगलबारसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ। रसुवाबाहेक देशका सबै जिल्लामा कोरोना संक्रमण भएको हो। मंगलबारसम्म नेपालमा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























