काठमाडौं, असार १० । आज (बुधबार) सुनको मुल्य ५ सयले वृद्धि भएको छ।
मगंलबार छापावाला सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको थियो भने आज बुधबार बढेर ९१ हजार १ सयमा कारोबार भइरहेको छ।
त्यस्तै, तेजाबी सुनको मूल्य ९० हजार ६ सय ६५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
भने चाँदी मंगलबारको तुलनामा ५ रुपिँयाले बढेर प्रतितोला ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।
Facebook Comments


























