हेटौंडा । लकडाउन सुरु भएपछिको अवधिमा मकवानपुर जिल्ला अदालतमा ७३ ओटा मुद्धा दर्ता भएका छन्। लकडाउन हुनुभन्दा पहिला दिनमा ३/४ ओटा मुद्धा दर्ता हुने गरे पनि अहिले सरदर दैनिक एउटा ओटा मुद्धा दर्ता हुने गरेको अदालतका नायब सुब्बा सुमन ढकालले जानकारी दिए। उनका अनुसार लकडाउन अवधिमा दर्ता भएका मुद्धामध्ये सबैभन्दा धेरै लागूऔषध सम्बन्धीका छन्।
उक्त अवधिमा लागूऔषधसम्बन्धी मात्रै २९ वटा मुद्धा दर्ता भएको ढकालले बताए। त्यस्तै अपराधिक उपद्रोह गरेको आरोपमा ४, सवारी ज्यानसम्बन्धि ३, सवारी अङ्गभङ्ग सम्बन्धि २, ज्यानसम्बन्धी कसुर ४ जबरजस्तीकरणी सम्बन्धी ९ वटा मुद्धा दर्ता भएका छन्। त्यस्तै चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा मकवानपुरमा जबरजस्तीकरणी सम्बन्धी ३ वटा मुद्धा दर्ता भएका छन्। ज्यान मार्ने उद्योगमा २ वटा, बहुविवाह सम्बन्धी ३ वटा र अङ्गभङ्ग सम्बन्धी ३ वटा मुद्धा दर्ता भएको ढकालले बताए।
साेही अवधिमा ठगी सम्बन्धी १, चोरी सम्बन्धी २, गौवध सम्बन्धी १, हातहतियार खरखजाना सम्बन्धी १, विदेशी विनिमय सम्बन्धी १ र वन सम्बन्धी ६ वटा मुद्धा दर्ता भएको जिल्ला अदालतको रेर्कडमा उल्लेख छ।

























