चितवन, असार ८ । चितवनमा थप ५ जना कोरोना संक्रमित फेला परेका छन्। माडी नगरपालिकामा ४ जना र भरतपुर महानगरपालिकामा १ जना कोरोना संक्रमित फेला परेका हुन्। भरतपुरस्थित प्रयोगशालामा पछिल्लो पटक कूल २ सय ७० नमुना परीक्षण गरिएकामा चितवनका ५ र पूर्वी नवलपरासीका १६ जनामा कोरोना पुष्टि भएको हाे।
भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा माडी नगरपालिका वडा नं २, ५, ६ र ८ मा एक–एक जना संक्रमित फेला परेका छन्। उनीहरु ४७, २८, ३४ र ३२ वर्षका पुरुषहरु हुन्। यसैगरी भरतपुर महानगरपालिकाको वडा नं २८ मा २९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको प्रयोशाला स्रोतले बताएको छ। अहिलेसम्म चितवनमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Facebook Comments


























