मुम्बई, असार ८ । बलिउड अभिनेत्री सनी लियोनी अहिले अमेरिकामा आफ्नो परिवारसँग समय बिताइरहेकी छन्। उनी सोसल मिडियामा निकै एक्टिभ भएकी छन्। हालै सनीले आफ्नो एउटा तस्बिर सेयर गरेकी छन् जसमा उनी खुलेको मौसमको आनन्द लिइरहेकी देखिन्छिन्।
तस्बिरसँगै क्याप्सनमा उनले लेखेकी छन्, ‘क्यालिफोर्नियाको गर्मी र ताजा हावालाई कसले पो बिर्सन सक्छ र ? ’ सनी परिवारसँगै मेमा लकडाउनको बीचमा अमेरिका गएकी हुन्।
यो महामारीमा भारतभन्दा अमेरिकामा सुरक्षित रहने विश्वासका साथ उनी उता गएकी हुन्। तर उनले सोचे जस्तो भएन। सनी अहिले अमेरिकाको आफ्नै घरमा समय बिताइरहेकी छन्। उनी छिट्टै हरर कमेडी फिल्म ‘कोकाकोला’, ‘रंगिला’ र ‘वीरमादेवी’ मा देखिने छिन्। एजेन्सी
Facebook Comments


























