असार ६ । सन् २०१८ मा उत्तर कोरियाको तर्फबाट पहिलो कान्छी प्रतिनिधिको रुपमा किम जोङ कि बहिनी किम यो जोङले दक्षिण कोरिया प्रस्थान गरेकी थिइन्। उनी आलम्पिकमा सहभागी हुन पहिलो पटक दक्षिण कोरिया पुगेकी थिइन्। आलम्पिक उदघाटन समारोहमा दक्षिण कोरियाका प्रतिनिधित्व गर्ने खेलाडीको कोरिया प्रतिको व्यवहारले उनी गौरवान्वित भएकी थिइन्।
समारोहपछि उनलाई दक्षिण कोरियाको द ब्लू हाउसमा आमन्त्रण गरिएको थियो। त्यहाँ उनी प्रति गरिएको व्यवहारले उनी केही सुमधुर सम्बन्ध कायम गर्ने विश्वास दिलाइन्। उत्तर र दक्षिणबीचको सुमधुर र व्यापारिक सम्बन्धलाई जोड्न उत्तर इच्छुक रहेका बताइन् र दूवै देशबीच सम्झौताहरुको प्रक्रिया अगाडी बढ्न थाल्यो।
किम यो जोङ त्यस समयमा उतर कोरियाका प्रमुख प्रचारक थिइन्। उनको छवि द व्लू आउसमा पूर्ण प्रर्दशनमा थियो। उनी आफ्नो देशका लागी उत्तम सावित भएकी थिइन्। उनको निती र रणनिती प्रति सम्पूर्ण प्रतिनिधिहरु चकित परेका थिए। तात्कालिन समयमा दक्षिण कोरियाका सभासद पार्क जी वोन सित किम यो जोङको भेटघाट कार्यक्रम प्रारम्भ हुन्छ।
दूवै बीच करिब चार पटक वार्ता हुन्छ। वार्ता पश्चात किम यो जोङ निकै कम उमेरमा प्रभावशाली, बुद्वमानी र निर्धक्क भइ प्रस्तुत भएकी विषय पार्कले जनाएका थिए। उनले आफ्नो भाइ र पिताका बारेमा पार्क संग आफ्नो कुरा साझा गरिन्। उनी अत्याधिक बुद्विमानी र चलाख रहेकी पार्कले जनाएका थिए। उत्तर र दक्षिण कोरियोका सम्बन्धलाई नयाँ मोड दिन किम यो जोङले मुख्य भुमिका निर्वाह गरेकी थिइन्।
तर, सन् २०२० को मे ३१ मा केही दक्षिण कोरियाली एक्टिभिस्टले उत्तर कोरिया संग जोडिएको सीमामा उत्तर कोरिया विरुद्व बैलूनहरु उडाएका थिए। यसले उत्तर कोरियाको आत्मसम्मानमा ठेस पुगीररहेको जनाकारी गराइन्। उक्त जवाफमा किमकि बहीनीले यस्ता प्रकारका गतिविधीमा रोक लगाउने दक्षिण कोरियालाई सचेत गराएकी थिइन्। गलत गतिविधिमा रोक नलगाए दूवै देशबीचको सम्पूर्ण सम्झौत खारेज गर्ने धम्की किम यो जोङले दिएकी थिइन्। त्यसपछि उनी आक्रमक ढंगले पेश भइन्।
किम यो जोङले दक्षिण कोरियासंग विना कुनै सम्वाद मार्फत आक्रममक भई दूवै देशबीचको सम्पर्क आधारमा रोक लगाइन्। देशका मजाक उडाइरहेको मानिसहरुसंग सम्वाद गर्न कुनै उदेस्य नरहेको ठहर गर्दै मित्रतातिर बढीरहेको दुवै देश अचानक दुश्मनीमा परिणत भएको छ। आक्रामक कदम चाल्न किम यो जोङलाई खासै समय नलागेको जनाइको छ। उनले आफ्नो देशविरुद्वको गितिविधिमा संलग्न रहेका प्रति छिट्टै निश्कर्षमा पुग्ने उनको दुबी रहेको बुभिन्छ। दक्षिण कोरिया विरुद्व उनी खनिन् र उक्त गतिविधि गर्नेहरुलाई कडा रुपमा सजाय दिन दक्षिण कारियाली प्रधानमन्त्रीलाई आग्रह गरिन्। जवाफमा उनीहरु विरुद्व प्रहरीले अनुसन्धान तीब्र पारेको बताइएको छ। किम यो जोङ आफ्नो बाल्यकाल देखिनै आफ्नो देशका तर्फबाट प्रतिनिधित्व गर्दै आएकी छिन्। यसपाली पुनः आक्रमक ढंगले पेश भएकी किम यो जोङ विश्वको ध्यान पुनः केन्द्रित गरेकी छिन्। उनी आफ्नो अडानमा कायम हुने गर्छिन्। उनको पावर पोलिटिक्स प्रभावशाली र अझ खतरनाक रुपमा देखिने छ। उत्तर कोरियाली नेता किम जोङ उन र उनकी बहिनी किम यो जोङबीच कनेक्शन सम्वेदनशील रहेको छ। प्रभावशालीसमेत रहेको जनाइएको छ।
नेता किमका मुख्य एजेण्डाहरुमा बहिनीको महत्वपूर्ण भुमिका हुने गर्दछ। दूवै भाई बहिनीले आफना् बाल्यकालका अवस्थामा रहेको बेला आमा गुमाएका थिए भने बयस्क अवीथामा हुँदा उनीहरुले आफ्नो बुवा गुमाएका थिए। उनीहरुको जीवन स्वीट्जरल्याण्ड र उत्तर कोरियामा वितेको थियो। दूवै जनाका धैर्यता अत्यधिक रहेको कारण उनीहरु एक सफल नेतृन्वकर्ताका रुपमा प्रस्तुत भएको देखिन्छ। अगामी आउने दिने किम की बहिनीले विश्वलाई विभिन्न रुपमा चकित र आश्चर्यजनक पार्ने छिन्। एजेन्सी


























