असार ५ । अमेरिकाले गलवानमा भारत र चीनका सेनाबीच भएको भिडन्तबारे पहिलोपटक प्रतिक्रिया दिएको छ। अमेरिकाका विदेशमन्त्री माइक पोम्पियोले ट्वीट गर्दै भारतीय सैनिकको निधनप्रति समवेदना व्यक्त गरेका छन्।
माइक पोम्पियोले भनेका छन्, ‘हामी चीनसँग हालै भएको संघर्षका कारण भएको निधनमा भारतका बासिन्दाहरुप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ। शोकाकुल मृतक सैनिकका परिवार, आफन्त र प्रियजनलाई स्मरण गर्दछौँ।’
चीन र भारतका सैनिकबीच गलवानमा भिडन्त हुँदा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो। चीनतर्फको क्षति भने अस्पष्ट छ।
भारत र चीनका बीच तनाव जारी रहेका बेला अमेरिका चीनसँग आफ्नो सम्बन्ध सुधारको प्रयासमा पनि जुटेको छ। बुधबार अमेरिकी विदेशमन्त्री पोम्पियोले चीनका शीर्ष नेता यांग जिचीसँग सात घण्टा बैठक गरेका छन्।
Facebook Comments


























