दाङ, असार ४ । रुकुम पूर्वमा एक जना वडा सदस्यको लडेर ज्यान गएको छ। जिल्लाको भूमे गाउँपालिका ४ की ५८ वर्षीया धनशरी कामीको लडेर ज्यान गएको हो। बुधबार बेलुका ४ बजेतिर काँडा भन्ने स्थापनमा पैदल हिँडिरहेकी वडा सदस्य कामी लडेर गम्भीर घाइते भएकी थिइन्।
उनलाई स्थानीयले उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र काँडातर्फ लैजाने क्रममा बाटोमै उनको ज्यान गएको जिल्ला प्रहरी प्रमुख गजुशिद्धि वज्राचार्यले जानकारी दिए।
प्रहरीलाई भने घटनाबारे बुधबार राति ११ बजेतिर मात्रै खबर प्राप्त भएको वज्राचार्यले जानकारी दिए। पानी परेको हुँदा चिप्लो बाटोमा उनी लडेको हुन सक्ने प्रहरीले आशंका गरेको छ।
Facebook Comments


























