कञ्चनपुर, असार ४ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामा विद्युत् विस्तारका क्रममा एक मजदूरको मृत्यु भएको छ।
नगरपालिका–१० सुकासालका २५ वर्षीय रोहित लुहारको बुधबार विद्युतको पोल (खम्बा) बाट खसेर मृत्यु भएको हो।
उनको शवलाई महाकाली अस्पतालमा राखिएको छ। विद्युतका तार जडानका लागि खम्बामा चढेको अवस्थामा अचानक लुहार खसेको बताइएको छ।
नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगरले ब्रह्मदेवदेखि खल्लासम्म विद्युत लाइन विस्तार गर्न लागेको छ। यो क्षेत्रमा पहिलोपटक विद्युत लाइन विस्तार गरिएको छ।
Facebook Comments


























