सोलुखुम्बु, असार २ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको ३९ बर्षको उमेरमा निधन भएको छ।
लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित शेर्पाको मंगलबार बिहान निधन भएको हो।
आन्द्राको क्यान्सरबाट पीडित उनको काठमाडौंस्थित ह्याम्स र निदान अस्पतालमा उपचार गरिएपनि अवस्था सुधारोन्मुख नभएपछि चिकित्सकको सल्लाहमा गाउँ नै फर्काइएको थियो।
Facebook Comments


























