असार २ । बलिउडका महानायक अमिताभ बच्चन र अभिनेता आयुष्मान खुराना अभिनित फिल्म गुलाबो सिताबो शुक्रवार अमेजन प्राइमबाट रिलिजभयो।
थिएट्रिकल स्क्रिनिङको शैलीमा बनाइएको यो पहिलो फिल्म हो। यस फिल्मलाई अधिकाशं फिल्म समीक्षकले ५ अंकमध्ये ३.५ स्टार दिएका छन् र यसलाई राम्रो फिल्म भनेका छन्।
समीक्षकका अलावा सामाजिक सञ्जालमा समेत दर्शकले यस फिल्मको रेस्पोन्स दिन शुरु गरेका छन्। तर फिल्मको बारेमा भने दर्शकको मिश्रित प्रतिक्रिया छ।
सामाजिक सञ्जालमा यस फिल्मलाई धेरैले अत्यन्त लगावका साथ बनाइएको भनेका छन् तर फिल्मको कथालाई भने दर्शकले खासै मन पराएका छैनन्।
यस फिल्मको निर्देशक सुजित सिरकार छन् भने पटकथामा जुहि चर्तुवेदीले काम गरेका छन्। सान्तनु मोइत्राले लेखेको फिल्मलाई रानी लहरी र शिल कुमारले लगानी गरेका छन्।
Facebook Comments


























