असार १ । टर्कीको पूर्वी प्रान्त बिन्गोलमा आइतबार गएको ५.७ म्याग्नीच्यूडको भूकम्पबाट एक व्यक्तिको मृत्यु भएको छ।
प्रान्तीय गभर्नरको कार्यालयका अनुसार कार्लिओभा गाउँमा रहेको सुरक्षाकर्मीको निरीक्षण पोस्ट भत्किँदा एक सुरक्षाकर्मीको मृत्यु भएको हो। उद्धार टोलीले अर्का सिपाहीलाई भने जीवितै उद्धार गरेका थिए।
टर्कीका उपराष्ट्रपति फुआत ओक्टेका साथै गृह र वातावरण मन्त्रीले भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरी पछिल्लो परिस्थितिको जानकारी लिएकाछन्।
भूकम्पीय दृष्टिबाट टर्की निकै जोखिममा रहेको मानिन्छ। गत जनवरीमा टर्कीको पूर्वी क्षेत्रमा आएको ६.८ म्याग्नीच्यूडको भूकम्पमा परेर ४० जनाभन्दा बढीको ज्यान गएको थियो।
यसैबीच, सिन्ह्वाका अनुसार सोलोमोन द्वीपमा सोमबार ५.४ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ। उक्त भूकम्पबाट के कति जनधनको क्षति भयो भन्ने बारेमा विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन्। एएफपी


















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)







